neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

गेटाफेमाथि सेल्टा भिगोको सहज जित

Oct 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, ९ कार्तिक

स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा सेल्टा भिगोले नौ
खेलाडीमा समेटिएको गेटाफेलाई उसैको घरेलु मैदान ३–० गोलले पराजित गरेको हो ।

गेटाफेको मैदानमा सेल्टा भिगोलाई जित दिलाउन सन्ती मिनाले दुई गोल गरे भने लागो अस्पसले एक गोल गरे। सेल्टा भिगोले तिनै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५५ औं मिनेटमा सन्ती मिनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ५८ औं मिनेटमा लागो अस्पसले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ६३ औँ मिनेटमा गेटाफे १० खेलाडीमा समेटिएको थियो ।गेटाफेका डिजेने दकोनमले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा सेल्टा भिगोले उठायो ।

खेलको ७३ औं मिनेटमा सन्ती मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

खेलको ८१ औँ मिनेटमा गेटाफे नौ खेलाडीमा समेटिएको थियो ।गेटाफेका चेमाले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र सेल्टा भिगोले जित निकालेको हो ।

जितसँगै सेल्टा भिगोले दश खेलबाट दश अंक जोडेको छ र तालिकाको १४ औँस्थानमा छ। पराजित गेटाफेको दश खेलबाट दुई अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi