काबुल,८ कात्तिक रासस/एएफपी
आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले सोमबार बताएको छ । पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।
यस जाडोमा लाखौं अफगानहरु आफ्नु देशबाट पलायन हुने या भोकमरी बीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताउनु भएको छ ।