neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सलाहको ह्याट्रिकमा युनाईटेडमाथि लिभरपुलको शानदार जित

सलाहको ह्याट्रिकमा युनाईटेडमाथि लिभरपुलको शानदार जित

Oct 25th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ८ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा युनाईटेडमाथि लिभरपुलले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाईटेडलाई उसकै घरेलु मैदानमा ५-० गोलले पराजित गरेको हो ।

युनाईटेडको मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे भने नबी केइटा र डायोगो जोटाले एक-एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा नबी केइटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १३ औँ मिनेटमा डायोगो जोटाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३८ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए ।

दोस्रो हाफको ५० औं मिनेटमा सलाहले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गरे र टोलीलाई ५-० को जित दिलाए ।

खेलको ६० औँ मिनेटमा युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।युनाईटेडका पाउल पोग्बाले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

जितसँगै लिभरपुलले नौ खेलबाट २१ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पराजित युनाईटेडको नौ खेलबाट १४ अंक छ र तालिकाको सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi