neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • असोज महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७४ जना पीडित

असोज महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७४ जना पीडित

Oct 24th, 2021

काठमाडौ, कात्र्तिक ७

इन्सेकले असोज महिनामा २० जना पुरुष र ५४ जना महिला गरी ७४ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । कात्तिक ७ गते असोज महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ असोज महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी ७४ जना पीडित भएका जनाएको हो ।
|
‘प्रकाशित समाचार अनुसार बागमती र लुम्बिनी प्रदेशमा १६/१६, प्रदेश २ मा १४, प्रदेश १ मा ११, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ र गण्डकी प्रदेशमा पाँच जना पीडित भए ।’–विश्लेषणमा उल्लेख गरिएको छ । असोज महिनामा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ । यो अवधिमा पत्नी हत्याका तीन, परिवारजनबाट हत्याका दुई, बलात्कारपछि हत्याको एक र अन्य घटनामा चार गरी १४ जनाको हत्या भएका समाचार प्रकाशन गरिएको छ । त्यसैगरी यो अवधिमा दुई जनाको मृत्यु कारागारमा भएको छ भने एक जनाको मृत्यु हिरासतमा भएको समाचार प्रकाशन गरिएको छ ।

असोज महिनामा अपहरणका घटनामा दुई जना, कुटपिटका घटनामा सात जना, घाइते दुई जना, दुर्व्यवहारका घटनामा चार जना पीडित भएका समाचार प्रकाशन गरिएको विश्लेषणमा उल्लेख छ । ’असोज महिनामा बाल अधिकार उल्लङ्घनका घटनामा २६ जना बालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा १६ जना पीडित भएका समाचार प्रकाशन गरिएको छ ।’–जारी विश्लेषणमा भनिएको छ–’असोजमा प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी २६ जना बालिका पीडित भए । अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा १९ जना, यौन दुर्व्यवहारका घटनामा ६ जना, बेचबिखन प्रयासको घटनामा एक जना र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भए ।’

त्यसैगरी बलात्कारका घटनामा ६ जना, बलात्कार प्रयासका घटनामा ६ जना, यौन दुर्व्यवहारको घटनामा एक जना, बेचबिखन, बेचबिखन प्रयास र घरेलु हिंसाका घटनामा एक÷एक जना महिला पीडित भएका उक्त विश्लेषणमा उल्लेख छ । असोज महिनासम्ममा ६४ लाख ६९ हजार १ सय ५९ जनाले कोभिडविरूद्धको पूर्ण खोप पाएको पनि विश्लेषणमा उल्लेख गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi