neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको एकतर्फी जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको एकतर्फी जित

Oct 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, ७ कार्तिक

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले होफेनहेमलाई ४–० गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन सर्ज जिनाब्री,रोबर्ट लेवान्डोस्की,एरिक म्याक्सिम र किंग्सले कोमनले एक-एक गोल गरे। बायर्नले दुई गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १६ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ८२ औं मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै बायर्नले नौ खेलबाट २२ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित होफेनहेमको नौ खेलबाट ११ अंक छ र तालिकाको ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi