neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

Oct 24th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ७ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोलले पराजित गरेको हो ।

ब्राइटन घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन दुई गोल गरे भने इल्के गुंडोगन र रियाद महारेजले एक-एक गोल गरे । ब्राइटनका एलेक्सिस म्याक एलिस्टरले एक गोल गरे ।

खेलको १३ औँ मिनेटमा इल्के गुंडोगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २८ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३१ औँ मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

दोस्रो हाफको ८१ औं मिनेटमा ब्राइटनका एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्जुरी समयमा सिटीका रियाद महारेजले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसँगै सिटीले नौ खेलबाट २० अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित ब्राइटनको नौ खेलबाट १५ अंक छ र तालिकाको चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi