neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको फराकिलो जित,माउन्टको ह्याट्रिक

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको फराकिलो जित,माउन्टको ह्याट्रिक

Oct 23rd, 2021

आधारभूमि संवाददात

काठमाडौं, ६ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।शनिबार स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको नर्विच सिटीलाई ७-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मेसन माउन्टले ह्याट्रिक गरे भने कलुम हडसन,रीस जेम्स र काबेन चिलवेलले एक-एक गोल गरे ।चेल्सीले एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

खेलको १८ औं मिनेटमा कलुम हडसनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४२ औं मिनेटमा रीस जेम्सले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अघि बढाए।

दोस्रो हाफको ५७ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

खेलको ६२ औं मिनेटमा नर्विच सिटीका म्याक्स आरोनले आत्मघाति गोल गरेपछि चेल्सी ५-० ले अघि बढ्यो ।

खेलको ८५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-० ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयमा माउन्टले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गरे र टोलीलाई ७-० को फराकिलो जित दिलाए ।

जितसँगै चेल्सीले नौ खेलबाट २२ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित नर्विच सिटीको नौ खेलबाट दुई अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi