neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका वडा नं. ७ मा मुकुन्द ठकुरी अध्यक्षतामा नेकपा एमाले ३१ सदस्ययीय वडा कमिटी चयन

महालक्ष्मी नगरपालिका वडा नं. ७ मा मुकुन्द ठकुरी अध्यक्षतामा नेकपा एमाले ३१ सदस्ययीय वडा कमिटी चयन

Oct 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, ६ कार्तिक

नेकपा एमालेको देशै भर एकै समय नेकपा एमालेको वडा अधिवेशन चलिरहेकोमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा पनि मुकुन्द ठकुरीको अध्यक्षताको वडा अधिवेशनले ३१ सदस्यीय वडा कमिटी चयन भएको छ । उपाध्यक्षमा अनुराधा कोइराला, सचिवमा विजय कुँवर, उपसचिव द्वयमा अम्बिका बस्नेत, प्रमेश सुवेदी, सदस्य हरुमा यशोदा राउत, नर्वदा कुमारी भट्टराई, जानुका खतिवडा, ऐश्वर्य देवी आले, देवीमाया मगर, तारादेवी राई, गंगा आले मगर, सञ्चमाया आले मगर, लिला मगर, अभिलाषा रावल, कुमारी खत्री, मनकुमारी तामाङ्ग, सुक्ष्मा राई, दिपा रिजाल, गोविन्द भारती, विवेक राना, राम कुमार खनाल, यम कुमारी थापा, सक्सेस राई, सुरक्षा राई, हरि बस्नेत, अनु मगर, अनिसा मगर, जय कृष्ण कार्की, लगायत चयन भएका छन् ।

अधिवेशन कार्यक्रमा प्रमुख अतिथिमा नेकपा ललितपुर जिल्ला कमिटी सदस्य देवीका राई, विशेष अतिथिमा बागमती प्रदेश सदस्य तथा अनेमसं केन्द्रिय सदस्य मिरा गरञ्जा, अतिथिहरुमा ललितपुर जिल्ला कमिटी सदस्य शंकर बस्नेत, ललितपुर क्षेत्र नं. २ का सदस्य रवि थापा, राष्ट्रिय युवा संघ नेपालका महालक्ष्मी नगर कमिटी संयोजक शुजित बस्नेत, नेकपा महालक्ष्मी नगर कमिटी सदस्यहरु बलराम वाग्ले, शिवराम राना, गोमा श्रेष्ठ, नेकपा बुद्धिजीवीका जगदीश्वर कार्की, राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी वडा नं. ७ कमिटी अध्यक्ष प्रनेश पहाडी, अनेमसं महालक्ष्मी वडा नंं. ७ का वडा अध्यक्ष सविना श्रेष्ठ लगायत नेकपा पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । अतिथि तथा नव कमिटी सदस्यहरुलाई बधाई तथा शुभकामना महालक्ष्मी नगरपालिका वडा नंं. ७ का वडा कमिटी सचिव विजय कुँवरले गरेका थिए ।