neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सहमहामन्त्री डा. महतद्धारा बर्षा पीडितको उद्धार, पुनस्र्थापना,राहत र क्षतिपूर्तिका साथै बढ्दो सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

सहमहामन्त्री डा. महतद्धारा बर्षा पीडितको उद्धार, पुनस्र्थापना,राहत र क्षतिपूर्तिका साथै बढ्दो सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

Oct 20th, 2021

काठमाडौ, कात्र्तिक ३

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज (बुघबार) बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरी सोमबारदेखि निरन्तर परेको बर्षाको कारण सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लाहरुमा आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधन, पूर्वाधार,खेतिबालीको क्षति तथा बडादशैंको अवधिमा भएका सवारी दुर्घटनाहरुका विषयमा ध्यानाकर्षण गराएकाछन ।

असमयमा पर्न गएको बर्षाका कारण आएको बाढी,पहिरो तथा डुबानबाट विभिन्न जिल्लामा पुगेको जनधन, भौतिक पूर्वाधार र खेतिबालीको क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गर्नुभएको उहाँले बताएकाछन । डा. महतले विपद्को समयमा पीडितहरुको उद्धार, पुनस्थापना र राहतको ब्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको बताए ।

उहाँले तत्कालका यी काम सम्पन्न भएपछि पाकिसकेको धानबालीमा बर्षाले पुर्याएको क्षतिबारे यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष निवेदन गरेकाछन । यस कार्यमा स्थानीय सरकार र राजनीतिक दलका स्थानीय इकाईले पूर्ण सहयोग गर्नुपर्ने अवस्था उहाँले औल्याएकाछन ।

सहमहामन्त्री डा. महतले उद्धार,राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा सिंगो नेपाली कांग्रेस पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका संबन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरु सक्रियतापूर्वक खट्ने विश्वास व्यक्त गरेकाछन । भेटका अवसरमा सहमहामन्त्री डा. महतले प्रधानमन्त्री देउवालाई केही समय यता भएका सवारी दुर्घटनाका बारेमा पनि जानकारी गगराए ।

तत्कालका लागि यस्ता दुर्घटनामा परेका यात्रुहरुको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अबलम्बन गर्ने सम्बन्धमा उहाँले राख्नुभएको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिनुभएको डा.महतले बताउनुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi