आधारभूमि संवाददात
काठमाडौं, ३ कार्तिक
यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई ३-२ गोलले पराजित गरेको हो ।
एट्लेटिकोको मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे भने नबी केइटाले एक-एक गोल गरे।एट्लेटिकोका एन्टोनी ग्रिजम्यानले दुई गोल गरे ।
खेलको आठौं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
खेलको १३ औं मिनेटमा नबी केइटाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
तर,खेलको २० औं मिनेटमा एट्लेटिकोका एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
खेलको ३४ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।
दोस्रो हाफको ५२ औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।एट्लेटिकोका ग्रिजम्यानले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा लिभरपुलले उठायो ।
खेलको ७८ औं मिनेटमा सलाहले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।
जितसँगै लिभरपुलले तीन खेलबाट नौ अंक जोडेको छ र समूह (बी) को शीर्ष स्थानमा छ । पराजित एट्लेटिकोको तीन खेलबाट चार अंक छ र दोस्रो स्थानमा छ ।