neapl investment mega bank
  • गृहपृष्ठ
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक

Oct 18th, 2021

काठमाडौ, कात्र्तिक १

रिलायन्स लाइफइन्स्योरेन्स लिमिटेडले “रिलायन्स वार्षिकधन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको पाँच प्रतिशत रकम भुक्तान गरिने छ ।

उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिकरुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिकरुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिने छ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने छ ।

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम एक लाख कायम गरिएको छ । यो योजना संगै बिमितले थप न्यूनतम बीमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।