neapl investment mega bank
  • गृहपृष्ठ
  • आइएमई जनरल इन्स्योरेन्स एशियाज बेष्ट इम्प्लोएर अवार्डबाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स एशियाज बेष्ट इम्प्लोएर अवार्डबाट सम्मानित

Oct 18th, 2021

काठमाडौं, १ कार्तिक

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित भएको छ । ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्र्ड एचआरडी कंग्रेसले एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित गरेको कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इम्प्लोई ब्राण्डिङ इन्सिच्युट, वल्र्ड एचआरडी कंग्रेस र अन्य रणनीतिक साझेदारहरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पूर्ण ग्राहकबर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे ।

उक्त समाहरोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दे डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।