आधारभूमि संवाददाता
काठमाडौ, २६ असोज
बुधवार थप ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ९ हजार ६१९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख तीन हजार ५५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ६१९ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख तीन हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप ९१० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ९१० जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ७७ हजार ७४१ पुगेको छ ।
थप १४ को मृत्यु
पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २५७ पुगेको छ।