neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

Oct 11th, 2021

काठमाडौ, असोज २५

प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युज पोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी काउन्सिलले दर्ता बिना सञ्चालित न्युजपोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकहरुलाई आग्रह गरेको हो ।

प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । अनधिकृत रुपमा सञ्चालित ती न्युजपोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेत समेत गराएको छ । ती मध्य ९ वटा न्युजपोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौता पश्चात काउन्सिलमा सूचीकृत समेत भएका छन् ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा आ.व.०७८/०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको उल्लेख छ । यसमा साउन र भदौ महिनामा २९/२९ र असोजमा १० वटा उजुरी परेको देखिन्छ । प्रदेशगतरुपमा अध्ययन गर्दा यस्तो उजुरी बागमती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट ४, लुम्बिनी र प्रदेश नं १ बाट ३/३, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशबाट २/२ तथा कर्णालीप्रदेशबाट १ वटा परेको छ ।

यस्ता उजुरी मध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यम विरुद्ध ८, टिभीविरुद्ध ३, अनलाइन टिभीविरुद्ध १, युट्युब मिडियाविरुद्ध ३ र अन्य १ रहेका छन् । विगत ३ महिनामा रेडियोविरुद्ध भने कुनै उजुरी परेको देखिदँैन । यसमध्ये २९ वटा उजुरी फछ्र्यौट भएको छ भने कारबाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछ्र्यौटको प्रक्रियामा रहेका छन् ।

साथै, उजुरीकर्ता र सम्बन्धित मिडियाका सञ्चालक÷सम्पादक÷प्रतिनिधिबिच काउन्सिलको रोहबरमा छलफलमार्फत मेलमिलाप गराउने क्रम जारी राखिएको छ । विगत ३ महिनामा ६ वटा यस्ता छलफल गराइएकोमा एउटालाई मेलमिलाप गराइएको छ, बाँकी ५ वटा छलफलको प्रक्रियामा रहेका छन् । आचारसंहिताको सीमाभित्र रही सञ्चार सामग्री दिन र स्वस्थ पत्रकारिताको विकासमा सहयोग पुर्याउन काउन्सिल सम्बन्धित सबैमा पुनः आग्रह गर्दछ । मुलुकभरका सञ्चारमाध्यमहरुको नियमन गर्दै आएको छ । पछिल्लो समय अनलाइन र युट्युबका सामाग्रीप्रति जनगुनासो बढ्दै छ । त्यस्ता माध्यमबाट आएका सामग्रीबारे काउन्सिलमा उजुरी बढ्दो छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi