neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबिका ग्राहकले अब बिग मार्टमा १० प्रतिसतसम्म छुट पाउने

एनएमबिका ग्राहकले अब बिग मार्टमा १० प्रतिसतसम्म छुट पाउने

Oct 11th, 2021

काठमाडौ, असोज २५

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी बिगमार्टबाट विभिन्न सामानको पोस मार्फतको हरेक खरिदमा १० प्रतिसत देखी तीन सय रुपैयाँसम्मको क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागि कार्ड एट एनएमबी डट कम डट एनपी मा ईमेल गर्न सकिनेछ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।