काठमाडौ, असोज २४
नबिल बैंकले गतवर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।
भडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउदछ, दशैंमा नयाँ“ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनि खुशीको लागि उन्ँी रातभरी हिंडेर गाउँ पुग्दछन्ँ । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनि छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ । यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमाआफ्नो परिवारसंग भेटि सुरक्षित साथखुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्ने छ भन्ने अपेक्षा लिएको छ ।