neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालप्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालप्रहरीसँग साझेदारी

Oct 10th, 2021

काठमाडौ, असोज २४

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्र्तगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय पहरी वृत्त दरबारमार्ग र महानगरीय पहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मुलक पर्ची, प्रहरी चेकिङ्गका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहका लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

यो सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यो विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्ड कल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।