काठमाडौ, असोज २४
नेपालीहरूको महान चाड दशैंलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामुलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ । दशैं आएलगत्तै भेटघाट, दक्षिणा दिने, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ ।
साथै टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् । अहिलेको यस्तो परिस्थितिमा भिडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ प्रयोग गरी सबै पिढिलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा दर्शाइएको छ । सो भिडिया एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज र युट्युव च्यानलमा गई हेर्न सकिने छ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यो बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय १३७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।