neapl investment mega bank
  • गृहपृष्ठ
  • दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

Oct 10th, 2021

काठमाडौ, असोज २४

नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ ।
नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरीद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो ।

अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् ।

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ ।नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।