आधारभूमि संवाददाता
काठमाडौं,२४ असोज
आज पनि सुनको मूल्य बढेको छ । शुक्रवार तोलामा ९० हजार ६०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९० हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९० हजार २५० मा कारोवार भएको छ । यस अघि शुक्रवार तेजावी सुन रु ९० हजार १५० मा कारोवार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले बढेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार १७५ तोकेको छ । यस अघि बुधवार चाँदी प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो ।