neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप यूरोपियन छनोटमा जर्मनीको पुनरागमन जित

विश्वकप यूरोपियन छनोटमा जर्मनीको पुनरागमन जित

Oct 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २३

फिफा विश्वकपको यूरोपियन छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन सर्ज जिनाब्री र थोमस मुलरले एक-एक गोल गरे ।रोमानियाका इअनिस हागिले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने रोमानियाले लिएको थियो । खेलको नवौं मिनेटमा इअनिस हागिले गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ५२औं मिनेटमा जर्मनीका सर्ज जिनाब्रीले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई २-१ को पुनरागमन जित दिलाए ।

जितसँगै जर्मनीले सात खेलबाट १८ अंक जोडेको छ र समूह (जे) को शीर्ष स्थानमा छ । पराजित रोमानियाको सात खेलबाट १० अंक छ र समूहको चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi