neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

Oct 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २२

यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स फाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई ३)२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सलाई जित दिलाउन करीम बेन्जेमा,केलियन एमबाप्पे र थियो हर्नान्डेजले एक एक गोल गरे । बेल्जियमका यानिक क्यारास्को र रोमेलु लुकाकुले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता बेल्जियमले लिएको थियो । खेलको ३७ औं मिनेटमा यानिक क्यारास्कोले केविन डी ब्रुइनको पासमा
गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

खेलमा ४० औं मिनेटमा रोमेलु लुकाकुले ब्रुएनकै पासमा गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

तर, दोस्रो हाफको ६२ औं मिनेटमा फ्रान्सका करीम बेन्जेमाले एमबाप्पेको पासमा गोल गर्दै खेल २-१ को स्थितिमा फर्काए ।

खेलको ६९ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई ३-२ को जित दिलाए ।

फ्रान्सले अब फाइनलमा स्पेनसँग भिड्नेछ।स्पेनले ३७ खेलसम्म अपराजित रहेको इटालीलाई २-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरीसकेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi