neapl investment mega bank
  • गृहपृष्ठ
  • सनराईज बैंकद्धारा बिभिन्न संस्थाहरुलाई सहयोग

सनराईज बैंकद्धारा बिभिन्न संस्थाहरुलाई सहयोग

Oct 7th, 2021

काठमाडौ, असोज २१

सनराइज बैंकले बिभिन्न संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न संघ–संस्थालाई सहयोग गरेको हो ।

यस अन्र्तगत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई आर्थिक सहयोग गरेका हुुन । बाल संगठनलाई आवश्यक खाद्य सामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष दसैँमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

यसैगरी बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा अमोर सेवा नेपाललाई नगद र खाद्य सामग्री वितरण गरिएको छ । बैंकको लुुम्बिनी प्रदेशबाट वीरेन्द्र मावि रुपन्देहीको दृष्टिविहीन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको जानकारी बैंकले दिएको छ ।