काठमाडौ, असोज २१
मुक्तिनाथ बिकास बैंक लगायत नेपालका आठ सय ६३ जनाभन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादितबनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषिमुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको छ ।
विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापनाकाल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षितरुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ ।
वि.स. २०७५ सालमा एक अर्ब अधिकृत पुुंजी र ४० करोड जारी पुंजी सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसै परिवेशमा मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र निष्काशनको लागि आज बिहिबार अर्थात असोज २१ गते मुक्तिनाथ कृषिकम्पनीलि. काकार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. का प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहकाबीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनीका संचालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटल लि. का प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो शुरुवात संगै संस्थागतरुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल बताउनुहुन्छ ।
उल्लेखित सम्झौता अनुसार यहिवर्षको चैत्र मसान्तभित्र निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने लक्ष्य लिएको छ । यस अन्र्तगत सर्वसाधारणको लागि चार करोड बराबरको चार लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष लिएको छ ।