काठमाडौ, असोज २०
बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छंैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज बुुधबार संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले आ.ब. २०७७–०७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७–०७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोडको १८ प्रतिशतका दरले हुने रकम तीन करोड ७८ लाख नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।
सभामा संचालक समितिका अध्यक्ष मिश्रले यस क्यापिटल मार्केटको उद्देश्य प्राप्तीका लागि सहयोग पु¥याउने शेयरधनीहरु, ग्राहक तथा नेपाल सरकारको सम्बन्धीत निकाय लगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडियस एण्ड क्लियरीङ्ग लिमिटेड प्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु दिदै आईरहेको छ र भविष्यमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको छ ।