neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ९६८ जनामा कोरोना सङ्क्रमण, १११४ जना डिस्चार्ज, छ को मृत्यु

थप ९६८ जनामा कोरोना सङ्क्रमण, १११४ जना डिस्चार्ज, छ को मृत्यु

Oct 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १९ असोज

मंगलबार थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २१९ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९८ हजार ७६६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ४२ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख ४५ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १११४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १११४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ७१ हजार ३३८ पुगेको छ ।

थप छ को मृत्यु

पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १८० पुगेको छ।