काठमाडौ, असोज १९
नेपाल एसबिआई बैंक र पोखरा फाईनान्सबिच सम्झौता भएको छ । बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट एगेन्स पेमेन्ट, डकुमेन्ट एगेन्स असेप्सन, लोकल बैंक ग्यारेन्टी आदि सेवा उपलब्ध गराउन सक्ने छ ।
नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रविचन्द्र गुरुङबिच उक्त सम्झौता ाआदानप्रदान भएको हो ।