neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीले जिम्मा लगायो २१ वटा मोटरसाईकल

ट्राफिक प्रहरीले जिम्मा लगायो २१ वटा मोटरसाईकल

Oct 5th, 2021

काठमाडौ, असोज १९

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन ।ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुुन ।

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।उहाँले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको छ तर अव भने हराउनै नदिनको लागी धनी समेत बिशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए । थप जोडदिदैं उहाले सवारी धनी थप जिम्मेवार र चिन्तित बन्नु पर्ने र अतिरिक्त सुरक्षाका उपयहरुको प्रयोग गर्न समेत सुझाए ।

बिशेष गरि स्कुटरको सवारी दर्ता किताव (विलबुक) डिकीमै राख्ने चलन रहेको हुन्छ, चोरी पश्चात नम्बर प्लेट समेत परिवर्तन नगरि ट्राफिक चेकिङ्गमा सोहि ब्लुबुक देखाउने गरेको समेत पाईएको छ, कतिपय अबस्थामा चाँबी सहित स्कुटरहरु हराउने गरेको धनीले जानकारी दिने गरेको एसएसपी भट्टराईले स्मरण गरे ।पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । धनीले दिएको निबेदन हुलियाको आधारमा बिभिन्न पार्किङ्ग स्थलहरुबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ ।
महाशाखाले पछिल्लो समय सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी एव परिणाममुखी बनाउन सादा पोशाकमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाईकल मध्ये १४६ मोटरसाईकल नियन्त्रणमा लिएको छ । १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ ।मोटरसाईकल चोरीमा संलग्न १९ जना व्यक्तिलाई बिभिन्न स्थानहरुबाट चोरीका मोटरसाईकल सहित पक्राउ गरि सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

चाडपर्वको मौका छोपी मोटरसाईकल चोरीका घटनाहरु बढ्न सक्ने आंकलन गरि बिशेष सुरक्षा योजना कार्यान्वय गर्न थप सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई समेत कडाइ गरेको छ । चाडपर्वको समयमा किनमेल गर्ने भिडभाड हुने स्थानहरुमा जथाभावी पार्किङ्ग नगर्न र अतिरिक्त लकहरुको प्रयोग गरि सुरक्षाका उपायहरु अपनाउन महाशाखाले बिशेष अनुरोध गरको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi