neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईजमा आर्कषक छुट

गरिमाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईजमा आर्कषक छुट

Oct 5th, 2021

काठमाडौ, असोज १९

गरिमा विकास बैंकका ग्राहकहरुले ‘सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’मा आर्कषक छुट पाउने भएकाछन । बैंकले सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको हो ।

बैंकद्घारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्नुहुँदा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन ।
गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनिप्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ ।