neapl investment mega bank

रिभरगाइडलाई १० दिने रोजगारी

Oct 5th, 2021

मुग्लिन, १९ असोज /रासस

जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिइएको छ । कोभिड–१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजगार प्रदान गरिएको हो । ७ देखि १० दिनसम्मको रोजगार प्रदान गरिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारीदिनुभयो ।

विशेष गरी त्रिशूली, कर्णाली, र भोटेकोसी नदी सरसफाइ तथा पहुँच मार्ग मर्मतका लागि सो रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । अहिले ती नदी किनार सरसफाइ तथा नदीको पहुँचमार्ग मर्मतको काममा उनीहरु संलग्न रहेका छन् । उहाँले भन्नुभयो, “विगत दुई वर्षदेखि कोभिड–१९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ यहाँ कार्यरत रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदुर समस्यामा परेका छन्, मजदूर डुङ्गा चलाउन विभिन्न देश जाने पाएका छैनन् । उनीहरुलाई चाडपर्वको बेला केही राहत प्रदान गर्न रोजगारका कार्यक्रम सञ्चालन गरिएको हो ।”

रिभरगाइड विकास गुरुङले चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेका जानकारी दिनुभयो ।