neapl investment mega bank

बायर्न म्युनिख घरेलु मैदानमा पराजित

Oct 4th, 2021

आधारभूमि संवाददात

काठमाडौं, १८ असोज

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले हार व्यहोरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा बायर्न म्युनिख फ्रैंकफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बायर्नको मैदानमा फ्रैंकफर्टलाई जित दिलाउन मार्टिन हिन्टेरेगर र फिलिप कोस्टिकले एक-एक गोल गरे ।बायर्नका लियोन गोरेटज्काले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता बायर्नले लिएको थियो । खेलको २९ औं मिनेटमा लियोन गोरेटज्काले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको ३२ औं मिनेटमा फ्रैंकफर्टका मार्टिन हिन्टेरेगरले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि खेलको ८३ औं मिनेटमा फ्रैंकफर्टका फिलिप कोस्टिकले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

हारपछि पनी बायर्नको सात खेलबाट १६ अंक छ र तालिकाको शीर्ष स्थानमा छ ।फ्रैंकफर्टको सात खेलबाट आठ अंक छ र तालिकाको १३ औं स्थानमा छ ।