आधारभूमि संवाददात
काठमाडौं, १८ असोज
स्पेनिस ला लिगा फुटबलमा स्पानियोलले रियल मड्रिडलाई पराजित गरेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्पानियोलले रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पानियोललाई जित दिलाउन राउल डे टमास र एलेक्स विडालले एक-एक गोल गरे ।रियलका करीम बेन्जामाले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा राउल डे टमासले गोल गर्दै स्पानियोललाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ६० औं मिनेटमा एलेक्स विडालले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
खेलको ७१ औं मिनेटमा रियल मड्रिडका करीम बेन्जामाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र स्पानियोलले जित निकालेको हो ।
हारपछि पनी रियल मड्रिडको आठ खेलबाट १७ अंक छ र तालिकाको शीर्ष स्थानमा छ ।स्पानियोलको आठ खेलबाट नौ अंक छ र तालिकाको १३ औं स्थानमा छ ।