काठमाडौ, असोज १७
एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले शनिवार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारण सभाले आ.व.२०७६/०७७ को वितरण योग्य संचित मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पू‘जी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको १२ प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि शुन्य दसमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुकातर्फबाट संचालक समितिमा प्रतिनिधित्वगर्ने तीन जना सञ्चालकहरुमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्वाचित गरेको छ ।
वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा १० अर्ब भन्दा बढी रहेको छ भने निक्षेप संकलन ११ अर्ब भन्दा बढि रहेको छ । झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोर¨, सुनसरी र पॉचथरका विभिन्न ४१ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा आफ्नो कार्यक्षेत्र भित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पूँजी वृद्धि योजना अघि बढाएको छ । पूँजी बृद्धिका लागि कम्पनीको गत चौधौ वार्षिक साधारण सभाको निर्णय अनुसार चुक्ता शेयर पू‘जी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ पैसाको ३० प्रतिशतका दरले २४ करोड ३३ लाख ३६ हजार तिन सय ६७ पैसाको हकप्रद शेयर निष्काशन मिती असोज २५ गते खुल्ला हुने भएको छ ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलले उदघाट्न गर्नुभएको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक शुुष्मा शर्मा वस्तीले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक हेमराज ढकालले गरेका थिए भने कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । उक्त सभामा बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल र डा. रुपक खनाल तथा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले बैंकको उन्नती तथा प्रगतीका लागि शुभकामना मन्तव्य राखेका थिए ।