आधारभूमि संवाददात
काठमाडौँ, १७ असोज
इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा इन्टर मिलानले सासुलोलाई २-१ गोलले पराजित गरेको हो ।
इन्टर मिलानलाई जित दिलाउन इडेन डेजेको र लौटारो मार्टिनेजले एक-एक गोल गरे । सासुलोको डोमेनिको बेरार्डीले एक गोल गरे ।
खेलमा पहिलो अग्रता सासुलोले लिएको थियो । खेलको २२ औं मिनेटमा डोमेनिको बेरार्डीले पेनाल्टीमा गोल गर्दै सासुलोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको ५८ औँ मिनेटमा इन्टर मिलानका इडेन डेजेकोले गोल गर्दै खेल बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७८ औँ मिनेटमा मिलानका लौटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।
जितसँगै इन्टर मिलानले सात खेलबाट १७ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पराजित सासुलोको सात खेलबाट सात अंक छ र तालिकाको १२ औँ स्थानमा छ ।