neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना एट्लेटिकोसँग पराजित

Oct 3rd, 2021

आधारभूमि संवाददात

काठमाडौँ, १७ असोज

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन थोमस लेमर र लुइस स्वारेजले एक-एक गोल गरे ।

खेलको २३ औं मिनेटमा थोमस लेमरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले आठ खेलबाट १७ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पराजित बार्सिलोनाको सात खेलबाट १२ अंक छ र तालिकाको नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi