neapl investment mega bank

एभरटनसँग बराबरीमा रोकियो युनाईटेड

Oct 2nd, 2021

आधारभूमि संवाददात

काठमाडौँ, १६ असोज

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाईटेड एभरटनसँग बराबरीमा रोकिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा युनाईटेडले एभरटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा युनाईटेडको लागि एन्थोनी मार्शलसले एक गोल गरे भने एभरटनको लागि एन्ड्रोस टाउनसेन्डले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो । खेलको ४३ औं मिनेटमा एन्थोनी मार्शलसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ६५ औं मिनेटमा एभरटनका एन्ड्रोस टाउनसेन्डले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युनाईटेडको सात खेलबाट १४ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। एभरटनको पनि सात खेलबाट १४ अंक छ र चौथो स्थानमा छ ।