neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ८६७ जनामा कोरोना सङ्क्रमण, ११२३ जना डिस्चार्ज, नौ को मृत्यु

थप ८६७ जनामा कोरोना सङ्क्रमण, ११२३ जना डिस्चार्ज, नौ को मृत्यु

Oct 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १६ असोज

शनिवार थप ८६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २१९ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा आठ हजार २१९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९६ हजार ६१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार २१९ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख २१ हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ११२३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ११२३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ६७ हजार ८१९ पुगेको छ ।

थप नौ को मृत्यु

पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १५७ पुगेको छ।