neapl investment mega bank
  • गृहपृष्ठ
  • स्कोडाको दसैं अफरःमासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

स्कोडाको दसैं अफरःमासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

Oct 2nd, 2021

काठमाडौ, असोज १६

नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नुहुनेछ ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउनुहुनेछ । नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको हो । सात वर्ष ऋण अवधिहुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनुहुनेछ । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधिभएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिना अघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कार पारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंग फनका कारण स्कोडाका कार निकै लोकप्रिय छन् ।