neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फ्रेन्च लिग वान फुटबलमा लेन्सको जित

Oct 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १६ असोज

फ्रेन्च लिग वान फुटबलमा आर सी लेन्सले जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा लेन्सले १० खेलाडीमा समेटिएयो रीम्सलाई २-० गोलले पराजित गरेको हो ।

लेन्सलाई जित दिलाउन अर्नाड कालिमुएन्डोले दुई गोल गरे ।

खेलको ४५ औं मिनेटमा रीम्स १० खेलाडीमा समेटिएयो थियो।रीम्सका ह्यूगो एकिटिकि रातो कार्ड पाउँदा पाउदै मैदानबाट बाहिरीएका थिए ।जसको फाइदा लेन्सले उठायो ।

पहिलो हाफको इन्जुरी समयमा अर्नाड कालिमुएन्डोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा अर्नाड कालिमुएन्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै लेन्सले नौ खेलबाट १८ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।शीर्ष स्थानको पीएसजीको आठ खेलबाट २४ अंक छ । पराजित रीम्सको रीम्स खेलबाट दश अंक छ र तालिकाको १२ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi