neapl investment mega bank
  • गृहपृष्ठ
  • चार पूर्व प्रधानन्यायधिशले अदालतको अवहेलना मुद्दामा पाए सफाइ

चार पूर्व प्रधानन्यायधिशले अदालतको अवहेलना मुद्दामा पाए सफाइ

Oct 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१५ असोज

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशले सफाइ पाएका छन् । सर्वोच्च अदालतले शुक्रबार उहाँहरुलाई सफाइ दिएको हो ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् ।

अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको जनाइएको छ ।

४ पुस २०७७ मा चार पूर्व प्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति निकालेर ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए ।