काठमाडौ, असोज १५
प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्थाद ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गर्ने भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई संचालन गर्न लागेको हो ।
कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत बनाउँदै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाइ संचालन गर्न लागेको हो । यो नयाँ विषयको पढाई युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (युडब्लुई)को सम्वन्धनमा संचालन हुनेछ ।बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ । साथै, टीबीसीमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाईलाई संचालन गर्नेछन् ।
कोरोना भाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको बृद्धि भएसँगै साइबर क्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले संचालन गर्न लागेको यस विषयको पढाईले कुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थी उत्पादन गर्ने कलेजले लक्ष्य लिएको छ । बढ्दो माग अनुसारको पढाई संचालन गर्दा विद्यार्थीहरुले उचित अवसर समेत प्राप्त गर्ने कलेजको विश्वास छ । बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयविद्यार्थीहरुलाई कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको उपयोग, र उपकरण तथा प्रविधिलाई सुरक्षा उल्लंघनबाट रोक्नको लागि यो विषयको डिजाइन गरिएको छ ।
कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीले सो विषयको पढाईलाई सर्वसुलभ बनाएर डिजिटल नेपालको अवधारणलाई योगदान पु¥याउने दावी गरेका छन् । जोशीका अनुसार पढाईलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिक प्रयोगशालाको निर्माणको थालनी गरिएको छ । जसले गर्दा विद्यार्थीहरुले प्रविधिको क्षेत्रमा नयाँ कुराहरु सिक्ने अवसर पाउनेछन् ।
त्यस्तै, कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पनि टीबीसीले संचालन गर्न लागेको नयाँ विषयको पढाई वर्तमान समयको माग भएको बताए । ‘हालको समयमा बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको माग बढ्दो छ । यसै नोभेम्बर इन्टेकबाट यो विषयको पढाई हामीले संचालन गर्न लाग्दा हामी निकै उत्साहित भएका छौं । साथै, यस विषयको अध्यायन गर्ने विद्यार्थीहरुले अन्तिम वर्ष बेलायतमा नै गएर अध्यायन पूरा गरेको खण्डमा पोस्ट स्टडी वर्क भिसाको लागि समेत प्रकृया अगाडि बढाउन सक्नेछन् ।’ मण्डलले भने ।