काठमाडौ, असोज १५
आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । नेपालीहरुको माहानपर्व विजयादशमी, शुभदिपावली, नेपाल संम्वत र छठलाई लक्षित गरी आई पे रेमिट प्रा.लि. ले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको हो । यो योजना असोज १५ गतेबाट सुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन पाँच् जाना भाग्यशाली विजेताले दक्षिणा स्वरुप दुई हजार रुपैयाँ, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली पाँच जाना साझेदार मित्रहरुलाई दक्षिणा स्वरुप पाँच हजार रुपैयाँ र बम्परमा एक जना भाग्यशाली विजेताले दक्षिणास्वरुप एक लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन ।
यो विशेष योजनामा मलेशिया, जापान लगायत विश्वको विभिन्नमुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरी योजनालाई सफल वनाई दिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गर्दछौ, कम्पनीले भनेको छ ।
नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२ हजार भन्दा बढी भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुकबैंक तथा वित्तिय संस्थामा रियल टाईम अकाउन्ट डिपोजिट र २३ भन्दा बढी ई वालेटमा रियल टाईम मा टप अप गर्न सकिने आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए ।