neapl investment mega bank
  • गृहपृष्ठ
  • केनको ह्याट्रिकमा टोटेनहमको शानदार जित

केनको ह्याट्रिकमा टोटेनहमको शानदार जित

Oct 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १५ असोज

युरोपा कन्फरेन्स लिगमा टोटेनहमले शानदार जित निकालेको छ ।बिहीबार राति भएको समूह ‘जी ’ को खेलमा टोटेनहमले मुरालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले ह्याट्रिक गरे।त्यस्तै डेली अलि र जियोभानी लो सेल्सोले एक-एक गोल गरे।मुराका जिगा कौसले एक गोल गरे।

खेलको चौथो मिनेटमा डेली अलिले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको आठौं मिनेटमा जियोभानी लो सेल्सोले गोल गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५२ औं मिनेटमा मुराका जिगा कौसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर,खेलको ६८,७७ र ८८ औं मिनेटमा ह्यारी केनले लगातार गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ५-१ को शानदार जित दिलाए ।

जितसँगै समूह ‘जी’ मा रहेको टोटेनहमले दुई खेलबाट चार अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित मुरा अंक विहीन पुछारमा छ ।