आधारभूमि संवाददाता
काठमाडौ, १४ असोज
बिहीबार थप एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ७६५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९५ हजार ६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ७६५ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख ५ हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप ९११ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ९११ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ६५ हजार ७५८ पुगेको छ ।
थप १२ को मृत्यु
पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको छ।