neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सी युभेन्ट्ससँग पराजित

Sep 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १४ असोज

यूईएफए च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले चेल्सीलाई पराजित गरेको छ ।बुधवार राति घरेलु मैदानमा भएको समूह ‘एच’को खेलमा युभेन्ट्सले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको चिएसाले बिजयि गोल गरे ।फेडेरिको चिएसाले खेलको ४६ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै समूह ‘एच’ मा रहेको युभेन्ट्सले दुई खेलबाट छ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित चेल्सीको दुई खेलबाट तीन अंक छ र समूहको दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi