neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग: बार्सिलोना बेन्फिकासँग पराजित

च्याम्पियन्स लिग: बार्सिलोना बेन्फिकासँग पराजित

Sep 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १४ असोज

यूईएफए च्याम्पियन्स लिग फुटबलमा बेन्फिकाले बार्सिलोनालाई पराजित गरेको छ ।बुधवार राति भएको समूह ‘ई’ को खेलमा बेन्फिकाले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गरे । त्यस्तै राफा सिल्भाले एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा डार्विन नुनेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६९ औं मिनेटमा राफा सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

त्यसपछि खेलको ७९ औं मिनेटमा डार्विन नुनेजलेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३९० को जित दिलाए ।

जितसँगै समूह ‘ई’ मा रहेको बेन्फिकाले दुई खेलबाट चार अंक जोडेको छ र समूहको दोस्रो स्थानमा छ ।पराजित बार्सिलोना अंक विहीन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi