neapl investment mega bank
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग : म्यानचेस्टर युनाईटेडको जितसंगै रोनाल्डोको कीर्तिमान

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाईटेडको जितसंगै रोनाल्डोको कीर्तिमान

Sep 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १४ असोज

यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । बुधवार राति घरेलु मैदानमा भएको समूह ‘एफ’ को खेलमा युनाईटेडले भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन एलेक्स टेलेस र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।भिल्ला रियलका पाको अल्ककेरले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने भिल्ला रियलले लिएको थियो।खेलको ५३ औं मिनेटमा पाको अल्ककेरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ६० औं मिनेटमा युनाईटेडका एलेक्स टेलेसले गोल गर्दै खेल १-१ बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई पुनरागमन २-१ को जित दिलाए ।

यससँगै रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्।रोनाल्डोले इकर क्यासिलासले बनाएको सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमानी भंग गरेका हुन्। 

जितसँगै समूह ‘एफ’ मा रहेको युनाईटेडले दुई खेलबाट तीन अंक जोडेको छ र समूहको तेस्रो स्थानमा छ ।पराजित भिल्ला रियलको दुई खेलबाट एक अंक छ र पुछारमा छ ।