neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना बीमाको रकम भुक्तानीका लागि अर्थमन्त्रीद्धारा छलफल

कोरोना बीमाको रकम भुक्तानीका लागि अर्थमन्त्रीद्धारा छलफल

Sep 29th, 2021

काठमाडौ, असोज १३

विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेकाछन ।

बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुुन । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएकाछन । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।