काठमाडौ, असोज १३
एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को लिडिङ्ग पार्टनर बैंक को उपाधि बाटलक्ष्मी बैंकलाई सम्मानित गरेको छ । सो उपाधि एडिबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ जसमा एडिबी सँग को सहकार्य मा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।
एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखीजुन ३०, २०२१ को अवधिभर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंककोरूपमा प्रस्तुत भएको छ । एडिबी को ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि ले लक्ष्मी बैंकको व्यापार तथावित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।
हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंक हरुलाई २० वटा श्रेण्ीामा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।