neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग:मिलान एट्लेटिकोसँग पराजित

च्याम्पियन्स लिग:मिलान एट्लेटिकोसँग पराजित

Sep 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ असोज

यूईएफए च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडले एसी मिलानलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।मंगलबार राति भएको समूह ‘बी ’को खेलमा एट्लेटिको मड्रिडले १० खेलाडीमा समेटिएयो एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले एक एक गोल गरे।एसी मिलानका राफेल लियोले एक गोल गरे ।

खेलमा पहिलो अग्रता एसी मिलानले लिएको थियो।खेलको २० औं मिनेटमा मिलानका राफेल लियोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २९ औं मिनेटमा मिलान १० खेलाडीमा समेटिएयो थियो।मिलानका फ्रैंक केसी रातो कार्ड पाउँदा पाउदै मैदानबाट बाहिरीएका थिए ।जसको फाइदा एट्लेटिकोले उठायो ।

दोस्रो हाफको ८४ औं मिनेटमा एट्लेटिकोका एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।

खेलको इन्जुरी समयको सातौं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै समूह ‘बी मा रहेको एट्लेटिकोले दुई खेलबाट चार अंक जोडेको छ र समूहको दोस्रो स्थानमा छ ।पराजित एसी मिलान अंक विहीन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi